बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विप्लव नेतृत्वको माओवादीका सुनसरी इन्चार्जसहित ६ पक्राउ

शनिबार, ३० वैशाख २०७४, ११ : १३
शनिबार, ३० वैशाख २०७४

मनोज भुजेल

इटहरी, वैशाख ३० स्थानिय तहको निर्वाचन प्रभाबित गर्ने उद्धत रहेको विप्लव नेतृत्वका नेकपा माओवादीका सुनसरी जिल्ला इन्चार्ज सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्रमा गोप्य बैठक बसिरहेका बेला सुनसरी जिल्ला इन्चार्ज युगेन (उदय) सहित ६ जनालाई पक्राउ गरेको हो ।

युगेन सहित धरान इन्चार्ज सुरज राई, खड्ग राई, मीना धामी, र क्षितिज राई, अमृत लिम्बूलाई गए राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका सबै कार्यकर्तालाई जिल्ला प्रहरी कार्यलय सुनसरी ल्याइएको छ ।

भूमिगत राजनीति गरिरहेको नेत्रविक्रम चन्द्र बिप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता पनि सुनसरी प्रहरीको निगरानीमा परेका हुन । पछिल्लो समयमा निर्वाचन बिरोधी गतिबिधी गर्न थालेपछी उनीहरु प्रहरीको निगरानीमा परेका हुन । सरकारले दोस्रो चरणको निर्वाचन घोषणा गरे लगत्तै बिप्लव माओवादीले सुनसरी जिल्लामा पनि निर्वाचन भाँड्ने तयारी गरेको थियो ।

स्थानीय तहको निर्वाचनलाई बहिष्कार गरेको सो पार्टीले सुनसरीमा प्रतिरोधात्मक अभियान सुरु गरेको छ । उनीहरुको अभियान सुरु भएसँगै प्रहरीले उनीहरुको अवस्थाबारे जानकारी लिन थालेको स्रोतले जनाएको छ ।

नेकपा माओवादीले केही दिनअघि पहिलो प्रतिरोध कार्यक्रम अन्तर्गत सुनसरीका बिभिन्न गाबिस, नगरपालिका र उपमहानगरपालिकामाका गेटहरुमा चुनाव बिरोधी ब्यानर टाँसेका थिए । त्यसपछि प्रहरी उनिहरुको खोजीमा जुटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप