नसोधी, गोप्य ढङ्गले कण्डम हटाउनु बलात्कार हो ?
बीबीसी
बैशाख ३० – लुइजालाई बीबीसी न्यूजबीटमा स्टेल्थिंगमा लेख पढेपछि उनीसँग पनि बलात्कार भएको आभाष भयो । स्टेल्थिंग यौन क्रियाकलापको क्रममा जानकारी नदिइ कण्डम हटाउनुलाई भनिन्छ ।
एक नयाँ रिपोर्ट अनुसार अमेरिकामा यस्ता घटना निकै तीब्र रुपमा बढिरहेको छ । यो यस्तो मुद्दा हो जसमा कोही पनि खुलेर कुरा गर्दैनन् । २२ वर्षकी लुइजा (परिवर्तित नाम) ले न्यूजबीटसँग बताइन् कि आखिर उनीसँग के भयो ।
मलाई लाग्यो कि म पनि यसको शिकार हुँः
केहि समय पहिले स्टेल्थिंगका कारण म आफूलाई पीडित महसुस गरिरहेको छु । यद्यपी, यसबारे मैले पछिल्लो महिना न्यूजबीटको आर्टिकल पढेपछि थाहा पाएँ ।
मलाई लाग्यो कि ममाथि बलात्कार भयो । मैले उक्त आर्टिकल पेढपछि यसबारे अन्य लेख पछि पढें । मलाई लाग्यो – ओह माइ गड, यो त ममाथि पनि भएको छ ।
लुईजा याद गर्छिन् कि उनले बिना जानकारी अचानक कण्डम हटाएका थिए जब यस्तो भयो तब उनी सुतिरहेकी थिइन् र कण्डम भुइँमा राखिएको थियो ।
मैले सोधें, ‘तिमीले यसलाई कहिले निकाल्यौ, मैले देख्दै देखिनँ ।’ उनले आफूले कण्डमलाई बीचमा नै निकालिदिएको बताए । मैले सोधें, ‘के ? के यो आफसे आफ निस्कन्छ ?’ उनले भने, ‘होइन, मलाई यस्तै गर्न मनलाग्यो र मैले गरें ।’
‘यो एक धोका हो’
यो एक स्वार्थले भरिएको कदम हो । त्यो एक अपराध थियो । यस्तो कसैले किन र कसरी गर्न सक्छ ? तिमीले मलाई न त यसबारे जानकारी दियौ न नै सतर्क गरायौ । के उनी यस विषयमा यति लापरवाही अपनाउन सक्छन् । उनले भने, ‘मलाई लाग्यो कि यो हामी दुईका लागि ठिक छ ।’ तर यो हामी दुबैका लागि जोखिमले भरिएको थियो । म त्यहाँबाट बाहिर निस्किएँ । मैले आफ्ना साथीलाई फोन गरें र मसँगै औषधी पसलमा गइदिन आग्रह गरें ।
यसको दुष्परिणाम बारे सोच्न आवश्यक छः
स्टेल्थिंगका कारण नराम्रा परिणाम भोग्नुपर्ने सम्भावना हुन्छ । यो क्रममा तपाईंलाई थाहा नै हुँदैन र तपाईं जोखिममा फस्नुहुन्छ । यसमा तपाईंको ध्यान पनि जाँदैन । तर यसको नतिजाबारे सोच्नुपर्छ । यस्तो गरेर तपाईंले आफ्नो स्वास्थ्यसँग खेलबाड गरिरहनुभएको छ । यसमा गर्भवती हुने जोखिम उच्च हुन्छ ।
स्टेल्थिंगको विषयमा के छ कानून ?
सांड्रा पल ल फर्म किंग्स्ले नाप्लीमा यौन अपराधकी विशेषज्ञ हुन् । उनले यस विषयमा कानून स्पष्ट भएको जानकारी दिइन् । उनले स्टेल्थिंग निश्चित रुपमा बलात्कारको श्रेणीमा आउनसक्ने बताइन् । उनले भनिन्, ‘तपाईंले जे पनि गरिरहुनभएको छ त्यो जानीजानी गर्नुभएको हो । जुन कुराको तपाईंलाई अनुमती दिइएको छैन त्यसलाई तपाईंले पूर्ण होसमा गरिरहनुभएको छ । यदि यो पेनेट्रिटिव सेक्स हो भने यो निश्चित रुपमा बलात्कार हो ।’
स्टेल्थिंगको मुद्दामा कसैलाई पनि अदालतमा ल्याइएको छैन तर सांड्राको भनाई अनुसार योसँग मिल्दोजुल्दो एक कानूनी उदाहरण छ । उनी भन्छिन्, ‘एक मुद्दा थियो जसमा महिला र पुरुषबिच गर्भनिरोधकको प्रयोग गर्नुको साटो स्खलनभन्दा पहिले एक अर्कासँग छुट्टिने सम्झौता गरेका थिए, एक पटक श्रीमानले यस्तो नगर्ने निर्णय गरे ।’
उनी भन्छिन्, ‘यो मुद्दामा अदालतले तथ्यको हिसाबले यो मुद्दा बलात्कार जस्तै भएको बतायो । यो कुरामा थुप्रै विशेषज्ञ सहमत छन् कि सेक्समा बिना सहमती केही पनि गर्नु बलात्कार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण