बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

शनिबार, ३० वैशाख २०७४, ११ : ०५
शनिबार, ३० वैशाख २०७४

सान्जय मिश्र

रौतहट, ३० बैशाख । रौतहटको दक्षिणी भेग मौलापुर गाउँपालिका स्थित आज बिहान दुइटा मोटरसाइकल एक आपसमा ठोक्किएर एकजना चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मौलापुर ३ मर्यादपुर गाउँका २५ बर्सका मुकेस कुमार पटेल रहेको प्रहरी चौकी बन्कुलले जमाएको छ ।

बन्कुल बाट मौलापुर तर्फ गइरहेको बा२८प ५८७ नम्बर को मोटरसाइकल र बिपरित दिसा बाट आउदै गरेको ना १३प ११३५ नम्बर को मोटरसाइकल पथरा बुधराम गाउँ नजिकै बिहान् ९ बजे एक आपसमा ठोकिएको थियो ।

सो स्थानमा रहेको घुमाउरो बाटोमा तीब्र गतिमा गुडिरहेको दुबै मोटरसाइकल अनियन्त्रित भैदुर्घटना हुनगएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोख्रेलले जानकारी दिएका छन् ।

अर्का चालक कटहरिया गाउपलिका १ भसेढ्वाका २० बर्षका रामजी यादव र पछाडी बसिरहेका फतुआ बिजयपुर गाउँ पालिका पेटभर्वा टोलका २५ का हरिन्दर यादवको गम्भीर अवस्थामा जिल्ला अस्पताल गौरमा उपचार भैइरहेको तथा थप उपचारको लागि अन्यत्र पठाउने तयारीमा रहेको प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप