बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओखलढुंगामा प्रहरीनै भोट माग्दै !

शनिबार, ३० वैशाख २०७४, ११ : २४
शनिबार, ३० वैशाख २०७४

रामहरि श्रेष्ठ

ओखलढुंगा, ३० बैशाख – ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाको वडा नं २ रगनीमा प्रहरी नै भोट माग्न हिँड्ने गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यलय खिजीफलाटेबाट खटेका प्रहरीहरु एमाले वडा अध्यक्षका उम्मेदवारसँग भोट माग्दै हिँड्ने गरेको खुलासा भएको हो ।

प्रहरी जवान हिमाल मगरसहित २ जना प्रहरी र एमालेका वडा अध्यक्ष केशसरबहादुर रोकासहित ७ जनाको टोली रातभर जसो गाँउमा भोट माग्दै हिँड्ने गरेको स्थानीय सुरेन्द्र घिमिरेले गुनासो गरे ।

प्रहरीहरु राजनैतिक दलका स्थानीय नेतासँग रातारात भोट माग्दै हिँडनु निर्वाचन आचारसंहिता बिपरित भएको स्थानीयको भनाई छ ।

प्रहरी जवान हिमाल मगर र एमालेका वडा अध्यक्षका उम्मेदवार केशरबहादुर रोकाको टोली बिगत केही दिन यता रगनीको चुप्लु डाँडा लगायतका गाँउहरुमा अबेर रातीसम्म स्थानीय बासिन्दालाई बिभिन्न प्रलोभन देखाई भोट माग्ने गरेको अर्का स्थानीय टेकबहादुर बुडाले बताए ।

प्रहरी नै भोट माग्दै हिँडेको बिषयमा ओखलढुंगा प्रहरी प्रमुख मिलन केसीले कुनै पनि प्रहरीले राजनीतिक दल बिषेशलाई भोट माग्न नमिल्ने भन्दै ताँउदै प्रहरी जवान मगरलाई तुरुन्त कारबाही गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप