बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नब्बे प्रतिशत मतदाता परिचयपत्र वितरण

शनिबार, ३० वैशाख २०७४, ११ : २६
शनिबार, ३० वैशाख २०७४

रसुवा, ३० वैशाख । आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आआफ्नो परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ४२ मतदान केन्द्रमा मतदाताले आआफ्नो मतदान परिचय लिइरहेका छन् ।

पाँच गाउँपालिका रहेको जिल्लामा २७ हजार आठ सय ५४ मतदाता छन् । बाँकी १० प्रतिशत मतदाताले आजसम्म परिचयपत्र लिइसक्ने अपेक्षा राखिएको अधिकृत पौडेलले बताए।

पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड र उत्तरगयामा आठ आठ, पार्वतीकुण्डमा छ , नौकुण्डमा ११ र कालिकामा नौ मतदाता केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप