ओसामा बिन लादेनका छोराले बुवाको हत्याको बदला लिन अलकायदाको नेतृत्व सम्हाल्दै
इन्डियन एक्सप्रेश
बैशाख ३० – एफबीआइका पूर्व एजेन्टले अल कायदाका नेता ओसामा बिन लादेनको हत्यापूर्व गरिएको छानबिनमा भेटिएका पत्रअनुसार उनका छोरा हुम्जाले उक्त आतंककारी संस्थाको नेतृत्व सम्हाल्ने तयारी गरिरहेको बताएका छन् ।
९/११ को हमलापश्चात् बनाइएको अनुसन्धान टोलीको नेतृत्व गर्ने अली सौफानले सिबीएस न्यूजसँगको अन्तर्वार्तामा बुवालाई निकै माया गर्ने हम्जाले ओसामा बिन लादेनको विचारधारालाई आत्मसात गर्न र बुवाको हत्याको बदला लिन अल कायदाको महत्वपूर्ण नेतृत्वमा रहन तयारी गरिरहेको बताएका छन् ।
हाम्जाले २२ वर्षको हुँदा लेखेको पत्रमा ‘आफू भगवानको लागि जिहादमा जान लागेको र यसैका लागि बाँचिरहेको’ भनी लेखेको पत्रलाई सौफानले सार्वजनिक गरेका छन् ।
सौफानका अनुसार अहिले २८ वर्ष पुगेका हम्जाले जिहादी आन्दोलनका लागि मानिसलाई प्रभावित पार्ने र यसका लागि एकताबद्ध गर्न सक्छन् । पूर्व एफबीआई एजेन्ट भन्छन्, ‘लादेन र उनका छोराबिच निकै समानता छ । उनका सार्वजनिक भएका मेसेजमा उनी बिन लादेनले जसरी भाषण दिन्थे त्यसरी नै उनले पनि मानिसहरुलाई सम्बोधन गरिरहेका देखिन्छन् । हाम्जाले बिन लादेनले प्रयोग गर्ने शब्दावली र तरिका ठ्याक्कै अनुसरण गरेका छन् ।’
हम्जाले दुई वर्षको अवधिमा दुई अडियो सन्देश रेकर्ड गरेका छन् । जसमा उनले भनेका छन्, ‘अमेरिकी जनता, हामी आउँदैछौं र यो तिमीहरुले महसुस गर्नेछौ । तिमीले मेरो बुवालाई जे गर्यौ त्यसको बदला लिनेछौं... इराक... अफगानिस्तान... सबै कुरा बदलाको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण