बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपनमा गगन थापा पुग्दा एमाले कार्यकर्ताको अवरोध, थापाले सोधे–किन डराएको ?

शनिबार, ३० वैशाख २०७४, १२ : २४
शनिबार, ३० वैशाख २०७४

वैशाख ३०, काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा मौन अवधिमा भोट माग्न गएको भन्दै एमाले कार्यकर्ताले स्वास्थ्यमन्त्री गगन थापालाई दुब्र्यबहार गरेका छन् । शनिवार विहान निजी सवारी साधनमा कपनमा रहेका एकजना शुभचिन्तकको घरमा जाँदै गर्दा एमाले कार्यकर्ताले कपन चौकी नजिकै थापाको गाडी रोकेर नारावाजी गरेका थिए ।

चौकी नजिक अवरोध भएपछि अर्को बाटो हुँदै पुनः तिनै कांग्रेस समर्थकको घरमा जान लाग्दा दोस्रो बाटो पनि छेक्न पुगेका एमाले कार्यकर्ताले थापालाई किन आचारसंहिता बिपरित काम गरेको भन्दै प्रश्न गरेका थिए ।

कपन चौकीबाट जोरधारातिर लागेका मन्त्री थापाले गाडीबाटै एमाले कार्यकर्तालाई आफु ब्यक्तिको घरमा जान पाउने उल्लेख गर्दै ‘तपाईहरु यसरी किन डराएको ?’ भनेर प्रश्न गरेका थिए ।

यसमा एमालेको तर्फबाट प्रतिक्रिया आउन वाँकी छ । थापा अहिले पनि कपन क्षेत्रमै छन् ।

थापाले कांग्रेस कार्यकर्तालाई संयमता अपनाउन आग्रह गर्दै आफुमाथि भएको ब्यवहारको परिणाम स्वरुप कुनै प्रतित्रिीया नजनाउन आग्रह गरेको उनका प्रेश सहयोगी जीवन भण्डारीले बताए । कपन क्षेत्र थापाको संसदको निर्वाचन क्षेत्र पनि हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप