बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी केन्द्रका उम्मेदवार विप्लव पार्टीको अपहरणमा

शनिबार, ३० वैशाख २०७४, १२ : ४२
शनिबार, ३० वैशाख २०७४

हेटौँंडा, ३० वैशाख । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ ।

उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको हो । यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएकोे छ । घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ । उम्मेदवार उप्रेतीको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप