बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बडालको स्वास्थ्य सामान्य बन्दै

शनिबार, ३० वैशाख २०७४, १२ : ५४
शनिबार, ३० वैशाख २०७४

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले), केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ । उहाँको मुटुमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आकस्मिक शल्यक्रिया गरिएको थियो । डा रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सक समूहले सांसद बडालको स्वास्थ्य परीक्षण गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेता बडालले सामान्य खानपिन तथा कुराकानी गर्न सक्छन् । उहाँको अवस्थामा यही क्रममा सुधार आएमा पाँच दिनपछि अस्पतालमुक्त गर्न सकिने बताइएको छ ।

उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेता अस्पताल पुग्नुभएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप