बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुगुमा विप्लव पार्टीले लुट्यो मतपेटिका !

शनिबार, ३० वैशाख २०७४, १२ : ५६
शनिबार, ३० वैशाख २०७४

राजेश भण्डारी

काठमाडौं, वैशाख ३० – मुगुको छाँया नाथ रारा नगरपालिका–१२ बाट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका लुटेका छन् । शनिवार विहान नेपाल राष्ट्रिय निमावि शोभाको मतपेटिका लुटिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख (डिएसपी) शारदा प्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार १ थान मतपेटिका लुटिएको छ । मतपेटिका कसले लुटेर भाग्यो भन्नेबारे नखुलेपनि विप्लवको पार्टीले लुटेको प्रहरीको आशंका छ ।

घट्नाबारे पुरा विवरण आई नसकेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । ‘घट्ना भएको हो तर भौगोलिक विकटताका कारण पुरा विवरण आईसकेको छैन’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने, ‘सदरमुकामबाट राष्ट्रिय निमावी शोभा पुग्न करिब ४ घण्टा लाग्छ, हामी घट्नाको यकिन विवरण बुझ्दै छौं ।’

प्रहरी स्रोतका अनुसार शनिवार करिब ११ बजे मतदान केन्द्रमा पुगेको विप्लवका कार्यकर्ता मतपेटिका खोसेर भागेका थिए ।

गृह सचिव लोकदर्शन रेग्मीले मुगुमा मतपेटीका लुटिएको कुरा पुष्टि गरेका छन् । शनिवार रिपोर्टस् क्लवमा आयोजित कार्यक्रममा हतियारधारी समुहले मतपेटीका लुटेको समाचार सुनाउँदै उनले भने, ‘आज विहान १० बजे मुगुको छाँयानाथ रारा नगरपालिकाको नेपाल राष्ट्रिय जनता मावि मतदान केन्द्रमा यस्तो घट्ना घटेको छ, हामीले सुरक्षाको सम्पुर्ण ब्यवस्था र केन्द्रबाट निर्वाचन सामग्रीहरु पठाईसकेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप