बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौन अवधिमा पत्रकार सम्मेलन गदै केपी ओली

शनिबार, ३० वैशाख २०७४, १३ : १३
शनिबार, ३० वैशाख २०७४

कृष्ण गिरी

काठमाडौं, बैशाख ३० – नेकपा–एमालेले अध्यक्ष केपी ओलीले शनिबार दिउसो ४ बजे पत्रकार सम्मेलन गदैछन् । शुक्रबारबाट निर्वाचन आयोगले मौन अवधि लागु गरिरहेको बेला एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

मौनअवधिमा पत्रकार सम्मेलन गर्नु निर्वाचन आचारसंहिता विपरित भएको निर्वाचन आयोगले बताएको छ । यो समयमा कुनै पनि दलले आफ्ना बारेमा र अन्य दलका बारेमा राम्रा नराम्रा कुरा भन्न नपाउने बताउँछन् आयोगका सुचना अधिकारी सुर्य प्रसाद अर्याल ।

तर, कुनै विशेष कारण पर्न आएमा पत्रकार सम्मेलन गर्न भने पाउने उनको भनाई छ । तर, निर्वाचनको विषयमा कुनैपनि कुरा राख्न पाउने छैनन् ।

एमाले अध्यक्ष ओलीले आज दिउसो ४ बजे पार्टी कार्यलय धुम्बाराइमा गर्न थालेको पत्रकार भेटघाटमा भोलि हुन गइरहेको निर्वाचनको बारेमा पत्रकारसंग आफ्ना कुरा राख्ने कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

मौन अवधिको पहिलो दिन घरमै भेटघाटदेखि अस्पतालसम्म

पहिलो चरणको निर्वाचनको दुई दिन पहिलाबाट सुरु भएको निर्वाचन आचार सहिता अनुसार मौन समयको पहिलो दिन नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिहानदेखि नेता कार्यकर्ताहरुसँग भेटघाट गरे । निर्वाचनको विषमा घरमै बसेर नेता कार्यकर्ताहरुसंग छलफल गरेका थिए ।

दिउँसो उनी एमालेका नेता तथा सांसद केशव बडाल ह्यदयघात भएर शिक्षण अस्पताल भर्ना गरेपछि भेट्न ओलि अस्पतालमै पुगेका थिए । त्यस्तै २६ गते साँझ दोलखामा भएको झडपमा परेका आफ्ना पार्टीका कार्यकर्ता भेट्न ओली साँझ आठ बजेतीर ट्रमा सेन्टर पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप