यसरी हुँदैछ देशभर ऐतिहासिक मतदान
शम्भु दंगाल
काठमाडौं, बैशाख ३० – निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार ३ प्रदेश अन्र्तगत रहेका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । यसका लागि ६ हजार ६ सय ४२ मतदान स्थल तथा केन्द्रमा आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी खटाइएको छ ।
प्रदेश नं ३, ४ र ६ मा निर्वाचनका लागि सम्पूर्ण व्यवस्थापनको काम सकिएको आयोजले जनाएको छ । ४९ लाख ५६ हजार मतदाताले स्थानीय सरकारको चयन गर्नेछन् । निर्वाचनमा १३ हजार ५ सय ५६ पदमा निर्वाचन हुनेछ ।
यी पदका लागि ४९ हजार ३ सय ३२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा ३० हजार ५ पुरुष र १९ हजार ३ सय ३२ महिला उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् ।
पहिलो चरणको निर्वाचनबाट ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका, १ सय ६८ गाँउपालिका र २ हजार ५ सय ९८ वडामा पदाधिकारी निर्वाचित हुनेछन् ।
निर्वाचनपछि ९७ जना मेयर तथा उपमेयर, १ सय ६८ गाँउपालिका अध्यक्ष तथा उपाध्यक्ष र २ हजार ५ सय ९८ वडाध्यक्षले स्थानीय सरकारको काम गर्ने जिम्मेवारी पाउनेछन् । यस्तै २ हजार ५ सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पनि निर्वाचित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण