यस्तो छ सुरक्षा तयारी : गृहसचिव भन्छन्, ‘चुनाव विथोल्न चाहनेहरुको सपना पूरा हुँदैन’
काठमाडौं, ३० बैशाख । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव रेग्मीले भने, ‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनैपनि अप्रिय घट्ना नहोस् भनेर गृह प्रशासन निकै गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ ।’
साक्षात्कारमा सचिव रेग्मीले निर्वाचन लक्षित गरेर केन्द्रिय, क्षेत्रिय र स्थानीय सुरक्षा योजना अन्र्तगर्त नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गर्दै भने,‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाइनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ।’ उनले देशैभरि नै सरकारले बलियो सुरक्षा कबजभित्र राखेको स्पष्ट समेत पारे ।
उनले निर्वाचनको लागि नै सरकारले यो मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिए । उक्त क्लष्टरका अनुसार नेपाल प्रहरीको मोवाई टिम, सशस्त्रको मोबाईल टिम, त्यसैगरि नेपाल प्रहरीको स्ट्राईक टिम र सशस्त्र प्रहरीको स्ट्राईक टिम खटाईने सरकारको निर्णय छ । त्यस्तै नेपाली सेनाले स्थलगत निरिक्षण गर्ने र अतिसंवेदनशिल स्थानहरुमा हवाइजहाजमार्फत नेपाली सेनलाई खटाउने सचिव रेग्मीले जनाए । निर्वाचनमा पुरै देशभरि नै सुरक्षाको बलियो सञ्जाल सरकारले बनाएको समेत विश्वास दिलाए ।
उनले निर्वाचन विथोल्ने भनेर चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाएर विभिन्न कारवाही बढाएपछि अहिले त्यस्ता घट्नाक्रमहरु पनि न्युन देखिएको स्पष्ट पारे । उनले भने,‘निर्वाचन विथोल्ने अनुमान देखिएपछि हामीले यसमा व्यापक निगरानी बढाएका थियौं, अहिले त्यस्तै घट्नाहरु अत्यन्तै न्यून देखिएका छन्।’ यद्धपी उनले यो बीचमा राजनीतिक मुठभेडका कारण दोलखामा दुःखद् घट्ना घटेकोमा भने दुःख व्यक्त गरे ।
उनले सुरक्षा योजनामा मतदाताहरुले मत हाल्ने आउनेदेखि लिएर मत हालेर घर फर्किउनजेलसम्म पनि सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए । उनले भने,‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ।’
सचिव रेग्मीले नेपालको भौगोलिक अवस्थाका कारण कतिपय ठाउँमा भीर, पाखा र डाँडा काँडा भएकोले गृहप्रशासनले सुरक्षा चेकजाँच केन्द्र समेत राख्ने व्यवस्था मिलाएकोले निर्भिक भएर मत हाल्नको लागि सम्पूर्ण मतदाताहरुलाई आग्रह गरे । उनले नेपाल सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल रुपमा सम्पन्न गर्न लागिपरिरहेको समेत विश्वास दिलाए ।
सरकारले बलियोभन्दा बलियो सुरक्षाको प्रबन्ध गरिसकेकोले निर्वाचन भाँड्ने मनशाय र योजनामा कोही भए तत्काल त्यस्तो बदनियतपूर्ण र गलत सोच भएकाहरुलाई उक्त सोच त्यागेर निर्वाचनमा भाग लिनको लागि आग्रह समेत गरे ।
उनले भने,‘यो निर्वाचन महायज्ञ हो, भोट हाल्नको लागि सबै सरिक हुनुपर्छ, हाम्रो आग्रह छ, निर्वाचन विथाल्ने सोच्नुभएको छ भने यो भ्रम त्याग्नुहोस्।’ उनले निर्वाचन विथोल्न खोज्नेहरुलाई र यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई सरकारले कारबाही गरिरहेको समेत स्पष्ट पारे । उनले भने,‘निर्वाचन विथाल्नेहरुलाई सरकारले कारबाही गरिसकेको छ, फेरि पनि विथोल्न खोज्नेहरुलाई हामी कडाभन्दा कडा कारबाही गर्छौं, उनीहरुलाई हामी हदैसम्मको कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ।’
त्यस्तै उनले यो बीचमा निर्वाचन विथोल्ने मनशायले केही कायर र गलत मानसिकता बोकेका तत्वहरुले घट्नाहरु घटाउन खोजिरहेकोप्रति आफूहरु पूर्ण सचेत रहेको समेत स्पष्ट पारे । उनले थपे,‘केही घट्नाहरु टायरभित्र प्रेसर कुकर भेटिएको छ, बमको आतंक मच्चाउन खोजिएको छ, तर हामीले बम डिस्पोजल टिम खटाएका छौं।’ उनका अनुसार हालसम्म सरकारले एक सय ७० जनाभन्दा बढिलाई प्रहरीले पक्राउ गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण