बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामेछापमा विभिन्न ठाउँमा झडप : ७ घाइते, ३६ जना प्रहरी नियन्त्रणमा

शनिबार, ३० वैशाख २०७४, १३ : ४७
शनिबार, ३० वैशाख २०७४

सुमित श्रेष्ठ

रामेछाप, ३० वैशाख – गयराति रामेछाप जिल्लामा विभिन्न पार्टीका कार्यकर्ताबीच छुट्टछुट्टै स्थानमा झडप हुँदा ७ जना घाइते भएका छन् । घटनामा संलग्न ३६ जनालाई प्रहरीले नियन्त्रणम लिएको छ ।

दोरम्बा गाउँपालिका वडा नं. ४ गौश्वारको भञ्ज्याङ्ग भन्ने स्थानमा एमालेका कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका ७ जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

घाइतेमध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर घाइते भएका छन् । उनीहरुलाई शनिबार बिहानै हेलिकम्पटर मार्फत थप उपचारको लागि काठमाडौं पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

घटनामा संम्लग्न एमाले कार्यकर्ताहरु होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई नियन्त्रणमा लिएको पनि प्रजिअ खत्रीले बताए ।

घटनाका अन्य घाइतेहरुमा देविमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर र समित पुलामीमगर रहेका छन् । प्रहरीका अनुसार सामान्य घइते भएका ४ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

राति सुतिरहेको अवस्थामा एमाले कार्यकर्ताले खुकुरी र लाठी प्रहार गरि आफ्नो कार्यकर्तालाई घाइते बनाएको माओवादी केन्द्रको आरोप छ ।

थप घटना हुन नदिन त्यस क्षेत्रमा ठूलो परिणाममा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचान गरिएको पनि प्रजिअ खत्रीले जानकारी दिए ।

त्यसैगरी मन्थली नपा–११ गेलुमा पनि गयराति एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

चुनावको मुखमा गाउँगाउँमा विभिन्न दलका कार्यकर्ताबीच झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन घटनामा सम्लग्नलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मन्थली नगरपालिका–६ भलुवाजोरमा मौन समयमा आचरसंहिता उल्लंघन गरेर भोट माग्दै हिँडेको भन्दै काँग्रेस र एमालेका १७ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप