सन्नी लियोन स्वेच्छाले पोर्न इन्डष्ट्रिमा आएकी थिइन्, रिसाएका आमा–बुवालाई दिएकी थिइन् यस्तो जवाफ
एजेन्सी
बैशाख ३० – सन्नी लियोन ३५ वर्ष पुगेकी छिन् । उनी अब बलिउडकी चर्चित नायिकामध्येकी एक हुन् । यद्यपी, एक अन्तर्वार्तामा उनी आफैंले स्विकारेकी छिन् कि पोर्न स्टारको ट्यागले जिन्दगीभर उनलाई पछ्याइरहन्छ । हुन त सन्नीको पछिल्लो जीवनबारे कुरा गर्नुपर्दा उनी कुनैबेला एक साधारण युवती थिइन् । उनले पोर्न इन्डस्ट्रिमा आउने निर्णय आफ्नै मर्जीले लिएकी थिइन् । तर जब यसबारे उनले आफ्नो परिवारलाई बताइन् तब उनीहरु निकै रिसाएका थिए ।
एक अन्तर्वार्ताको क्रममा सन्नीले भनिन्, ‘मैले आफ्नो परिवारको मर्जी बिना पोर्न इन्डिष्ट्रिमा गएको थिएँ । मेरो लागि यो एक व्यवसाय थियो । यद्यपी, जब मैले पेन्टहाउस (एडल्ट इन्डिष्ट्रिको चर्चित म्यागजिन) कभर अफ दि इयर र १ लाख डलर जितें तब परिवारलाई यसबारे जानकारी दिएँ । हरेक परिवारजस्तै उहाँहरु पनि मसँग रिसाउनुभयो । जब मैले उहाँहरुलाई आफ्नो जीवनमा के गर्ने भन्ने बारे निर्णय लिइसकेको बताएँ, त्यसपछि मात्र उहाँहरु विश्वस्त हुनुभयो ।’
११ वर्षको उमेरमा क्यानडाबाट अमेरिकामा बसाईं सराइः
सन्नीको जन्म सन् १९८१ मा सर्निया ओन्टारियो, क्यानडामा पंजाबी सिख परिवारमा भएको थियो । उनी ११ वर्षको हुँदा परिवारसँगै अमेरिका सिफ्ट भएकी थिइन् । सन्नीका बुवा इन्जिनियर थिए, आमा गृहिणी । उनका एक भाइ छन् – सन्दिप सिंह वोहरा । उनी अमेरिकामा शेफको रुपमा कार्यरत छन् ।
१३ वर्षको उमेरदेखि बाइसेक्सुअलः
रिपोर्टका अनुसार डकुमेन्ट्री ‘मोस्टली सन्नी’ मा उनी १३ वर्षको उमेरदेखि बाइसेक्सुअल भएको दाबी गरिएको छ । सन्नीको अन्तर्वार्ताको हवाला दिँदै यो कुरा सार्वजनिक गरिएको हो ।
१६ वर्षको उमेरमा गुमाएकी थिइन् कुमारित्वः
सन्नीलाई एक अन्तर्वार्तामा ‘के १६ मा तपाईंले कुमारित्व गुमाउनुभएको हो ?’ भन्ने प्रश्न सोधियो तब उनले भनिन्, ‘हो, ती व्यक्ति हाई स्कूलमा बास्केटबल खेल्थिन् । उनको उमेर मेरो जति नै थियो । हामी दुई एक–अर्कालाई मन पराउँथ्यौं । मैले १६ वर्षको उमेरमा कुमारित्व गुमाएँ, किनभने म यस्तै गर्न चाहन्थें । मैले जे पनि गरें त्यसमा कुनै पछुतो छैन । म एक राम्रो जीवन बाँचिरहेकी छु । मसँग राम्रो परिवार छ, राम्रा साथीहरु छन् र म उनीहरु सबैजनासँग निकै खुसी छु ।’
१९ को उमेरमा पहिलो लेस्बियन भिडियोः
सन्नीले पोर्न इन्डष्ट्रिमा पहिलो कदम करिब १९ वर्षको उमेरमा राखिन् । उनले सबैभन्दा पहिले एक लेस्बियन भिडियोमा काम गरिन् । सेक्सुआलिटी र पर्सनल लाइफको विषयमा सन्नीको खुल्लापनले मानिसहरुलाई प्रभावित गर्यो ।
पोर्न इन्डिष्ट्रिमा आउनुभन्दा पहिलेः
पोर्न इन्डिष्ट्रिमा आउनुभन्दा पहिले सन्नीले एक जर्मन बेकरी र ट्याक्स एण्ड रिटायरमेन्ट फर्ममा काम गरेकी थिइन् । सन्नीले करियरको सुरुवात एक मोडलको रुपमा गरेकी थिइन् । त्यसपछि सन् २००३ मा उनले भिभिड इन्टरटेन्मेन्टसँग तीन वर्षको सम्झौता गरेर हार्डकोर पोर्नोग्राफीको दुनियाँमा कदम राखिन् । सन्नीले थुप्रै पोर्न फिल्ममा काम गरिन् । उनले करिब ४१ एडल्ट फिल्ममा नायिकाको रुपमा काम गरेकी छिन् भने २५ फिल्ममा निर्देशन गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण