बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काफल बेचेर मनग्य आम्दानी

शनिबार, ३० वैशाख २०७४, १४ : ०४
शनिबार, ३० वैशाख २०७४

दाङ, ३० वैशाख । यहाँका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो । कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउँछन् ।

“काफल बेचेर पढाइखर्च चलेको छ,” उनले भने । हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताउनुभयो । उहाँ जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्नुहुन्छ । त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्नुहुन्छ । कक्षा– ७ मा पढ्दै गरेकी पुनले रु ७० मा एक मानो काफल किनेर रु एक सयमा बिक्री गर्नुहुन्छ ।

“दैनिक रु तीन सयदेखि रु पाँच सयसम्म फाइदा हुन्छ,” उनले भने । काफल बिक्री गरी दैनिक रु चार सय भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताए ।

उहाँ जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गदैआएका छन् ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप