स्थानीय तह निर्वाचनः काठमाडाँैको सबै तयारी पूरा
काठमाडाँै, ३० वैशाख । आइतबार हुने काठमाडाँै जिल्लाका स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले एक महानगर र १० नगरपालिकामा आइतबार हुने निर्वाचनको तयारी पूरा गरिएको जानकारी दिए ।
उनका अनुसार सबै नगरपालिकाकाले निर्वाचन सामग्री लगिरहेका छन् । ‘‘टाढा रहेका सबै नगरपालिकाले निर्वाचन सामग्री लगिसकेका छन्’’ उनले भने , ‘‘नजिकका टोखा, बूढानीलकण्ठले मात्र बाँकी रहेका छन् । साँझसम्म सबैले लैजान्छन् ।’’ सम्बन्धित नगरपालिकाका निर्वाचन अधिकृतले बिहीबारदेखि नै मतपत्र र मतपेटिका लगिरहेका छन् । काठमाडाँै जिल्लामा काठमाडौँ महानगरपालिकासहित नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिका छन् । जिल्लामा छ सय ८७ मतदान केन्द्र छन् । त्यसमध्ये महानगरकाका ३२ वडामा मात्रै तीन सय ४० मतदान केन्द्र रहेका छन् । जिल्लामा पाँच लाख ५९ हजार चार सय मतदाता छन् भने महानगरपालिकामा दुई लाख ७९ हजार ३१६ जनाले मतदान गर्दैछन् । कामपामा एक सय ५९ पदका लागि कुल आठ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाबाट कुल ७१२ जना निर्वाचित हुनेछन् । तीन दलित र्निविरोध काठमाडाँै महानगरपालिकामा तीन दलित महिला सदस्य र्निविरोघ निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार वडा नं १८, १९ र २३ बाट महिला दलित सदस्य र्निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा वडा नं १८ बाट नेकपा(एमाले)बाट प्रतिनिधित्व गर्ने अम्बिका सुनार तथा वडा नं १९ बाट नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने रञ्जिता परियार र वडा नं २३ बाट काँग्रेसकै कञ्चना नेपाली हरिजन रहनुभएको छ । आइतबार हुने निर्वाचनबाट तीनबाहेक कुल एक सय ५९ दलित महिला निर्वाचित हुनेछन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण