बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोट हाल्न मन छ, घर जानु कसरी ? (फोटोफिचर)

शनिबार, ३० वैशाख २०७४, १४ : ३२
शनिबार, ३० वैशाख २०७४

विजु महर्जन

काठमाडौँ, वैशाख ३० – झण्डै दुई दशकपछि हुन लागेको स्थानीय चुनावमा मताधिकार प्रयोग गर्न मतदाताहरु यतिबेला उत्साहित छन् । दुई चरणमा हुन लागेको निवार्चनको पहिलो चरणको मतदान आइतबार हुँदैछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचन हुँदैछ ।

शुक्रबारसम्म कार्यालयहरु खुला रहेका कारण शनिबार धेरै जना मत खसाल्न आफ्नो गृहजिल्ला फर्कने तयारी गरिरहेका छन् ।

तर, चुनावका लागि यसअघि नै धेरै सवारी चालकहरु आफ्नो घर फर्किएको कारण र त्यसमा पनि नेत्र विक्रम चन्द ‘विप्लव’ ले आह्वान गरेको बन्दका कारण शनिबारमा घर फर्कने चाहनेहरु अलपत्र परेका छन् ।

घर जान भनेर बिहानै कलंकी पुगेका धेरै सर्वसाधारणले कंलकीमा घण्टौँसम्म पर्खदा पनि गाडीको मुख हेर्न पाएनन् । काठमाडौँ बाहिर गुड्ने कुनै पनि माइक्रो र ठूला बस आज फाट्टफुट्ट गुडेको देखियो ।

बस नपाएपछि बाटोमा फाट्टफुट्ट गुडेका ट्रकहरु र मिनीटाटामा खचाखच झुण्डिएर भए पनि मानिसहरुले घर फर्कने तयारी गरेका थिए ।

हरौँ सर्वसाधारणको चुनावका लागि घर फर्कन गर्नुपरेको संघर्षः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप