राष्ट्रपति भण्डारी श्रीलङ्कामा
विशेष प्रतिनिधि शीतलप्रसाद महतो
कोलम्बो(श्रीलङ्का), ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा आज थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो पुगेकी छिन् । राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका न्याय तथा बुद्धशासनमन्त्री डा विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा हर्ष डेसिल्भा तथा श्रीलङ्काका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गरे । त्यसअघि विमानबाट ओर्लिएलगत्तै पञ्चकन्याबाट फूलको गुच्छा प्रदान गरी राष्टपति भण्डारीलाई स्वागत गरिएको थियो । विमानस्थलमा श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलले पनि उनलाई स्वागत गरे । सो अवसरमा राष्ट्रपति भण्डारीले विमानस्थलमा राखिएको सुवर्ण पुस्तिकामा हस्ताक्षर गरिन ।
राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्यता दिइएको स्थान हिलटोन गइन
श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा आज यहाँ आएकी हुन् । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।
यही वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ ।
सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म सोसम्बन्धी विशेष सम्मेलन गरिरहेको छ । श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछिन् । राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अञ्जनकुमार मिश्र, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण