बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपन घटनाबारे गगनको बयान : संयमित नभएको भए थुप्रैले ऐया भन्न पनि पाउने थिएनन् (भिडियो)

शनिबार, ३० वैशाख २०७४, १५ : २२
शनिबार, ३० वैशाख २०७४

काठमाडौं, बैशाख ३० – स्वास्थ्यमन्त्री गगन थापाले कपन घटनाबारे फेसबुक लाइभमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् । कपनमा आफन्त र एक कार्यकर्ताको घरमा जाँदा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताले नाराबाजीसहित आफ्नो गाडीमा ढुङ्गा प्रहार गरेको बताएका छन् ।

आफूले निर्वाचन आचारसंहिता पालना गरेको बताउँदै मन्त्री थापाले उक्त स्थानमा एमाले कार्यकर्ताले नारा लगाएपछि अप्रिय घटना नहोस् भनेर कार्यकर्ताहरुलाई संयमित बन्न आग्रह गर्दै त्यस स्थानबाट बाहिरिएको प्रष्ट पारेका छन् । उनले आफू उक्त क्षेत्रबाट अत्याधिक बहुमतले बिजयी भएको र आफ्नो क्षेत्रबाट कसैले लखेटेर नलेखिने बताए । आफूले संयमता नपनाएको भए ठुलो दुर्घटना हुने मन्त्री थापाले संकेत गरेका छन् । उनले फेसबुक लाइभमा भनेका कुराको सम्पादित अंश :

मलाई मौन अवधिमा आएर यसरी केही बोल्न मन थिएन । कपनमा भएको घटनामाबारे प्रष्ट बनाउन चाहेको छु । निर्वाचन गराउने सरकारको एउटा सदस्य भएको हुँदा मेरो अतिरिक्त जिम्मेवारी प्रति सदैव सचेत छु । निर्वाचन आयोगले मन्त्रालय तथा मातहतका निकायले गर्ने उद्घाटन कार्यक्रममा समेत जान नहुने भनेपछि मैले पूर्ण रुपमा आचारसंहिता पालना गर्दै आइरहेको छु ।

जुन दिनदेखि आयोगले सरकारी गाडि प्रयोग गरेर सार्वजनिक कार्यक्रममा जान दिएन, त्यस दिनदेखि म कुनै कार्यक्रममा सहभागी भइँन । निजी गाडि चढेर पार्टीको प्रचारप्रसारमा सहभागी हुन पाइन्छ भनेपछि म सहभागी भएँ । बुढानिलकण्ठ नगरपालिका मेरो निर्वाचन क्षेत्र हो, मेरो क्षेत्रमा भएका कार्यक्रमहरुमा सहभगी भएको छु । मेरो पार्टीका तर्फबाट उम्मेदवारलाई मत मागेको छु ।

मौन अवधी शुरु भएपछि यी गतिबिधी गर्नुहुँदैन भन्ने कुरामा पूर्ण सचेत छु र गरेको पनि छैन् ।

आजको सन्र्दभममा पनि कपनमा पनि मेरो नाता परिवार बस्छन् । मेरो मामाघर बाजेलाई भेटर फर्कने क्रममा त्यही बाटोमा जोरधारा भन्ने ठाँउमा पार्टीको साथीको घरमा गएको हुँ, त्यहाँ केही पार्टीका साथीहरुसँग बसेर सल्लाह पनि गरेको हुँ । यसरी कोठाभित्र बसेर साथीसँग सल्लाह गर्न पाइन्छ, कुनैपनि कोणबाट यो निर्वाचन आचारसंहिता उल्लंघन होइन ।

म कुनै मतदाताको घरमा गएर भोट मागेको पनि छैन, मैले कुनै बर्जित काम गरेको पनि छैन् र गर्नुहुँदैन भन्ने कुरामा पूर्णरुपमा सचेत पनि छु ।

छलफलबाट बाहिर आउने क्रममा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ता आएर मेरो गाडिलाई घेरा हाले । उनीहरुले मैले आचारसंहिता उल्लङघन गरेको भने । मैले नडराउनुहोस, मैले केही गरेको छैन भने । उहाँहरुसँग बादबिवाद गरेर अप्रिय स्थीति सिर्जना होला भनेर त्यो स्थानबाट म बाहिर निस्किए ।

थुप्रै साथीले मोटरसाइकलबाट मेरो गाडीलाई पछ्याँउनुभयो, कतिपयले ढुङ्गा प्रहार पनि गर्नुभयो, लगातार नाराबाजी गर्नुभयो, मैले त्यसलाई अनावश्यक रुपमा भड्काउन चाहिन ।

त्यहाँबाट बाहिर निस्किएपछि अनलाइनहरुमा आफूलाई त्यहाँबाट लखेटेको भन्ने कुरा फैलाइएपछि यसबारे स्पष्ट पार्नुपर्छ भन्ने लागेको छ ।

कपनबाट लखेटर्यौं भन्ने कुरा आएको छ, म बिनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो मेरो निर्वाचन क्षेत्र हो, मैले नेपालभरिमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको आफ्नो क्षेत्र हो, मैले सबैबाट स्नेह पाएको छु । मेरो ठाँउबाट कसैले लखेटेर लखेटिने त्यती कमजोर हैसियत मेरो छैन । मैले मेरा पार्टीका साथीहरुलाई संयमित राखेको हुँ, अप्रिय घटना घटोस भन्ने मेरो मनसुवा रहेको भए त्यहाँ थुप्रै साथीहरुले ऐया भन्न पनि नपाँउने अवस्था रहन्थ्यो । जुन कुरा म चाहन्नथे अहिले पनि चाहन्न ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप