बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलाली : यस वर्ष मलको अभाव नहुने

शनिबार, ३० वैशाख २०७४, १५ : ३६
शनिबार, ३० वैशाख २०७४

कैलाली, ३० वैशाख । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताएको छ । कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाप्रसाद जोशीले जानकारी दिए । यस वर्ष वर्षेबालीका लागि चार सय चार मेट्रिक टन युरिया बिक्री वितरण गरेको र दुई सय ९६ मेट्रिक टन युरिया मौज्दात रहेको उनले बताए ।

त्यस्तै पाँच सय ३२ मेट्रिक टन डिएपी बिक्री वितरण गरिएकामा सात सय २२ मेट्रिक टन मौज्दात रहेको छ ।

करिब २३ मेट्रिक टन पोटास बिक्री वितरण गरिएकामा तीन सय ५१ मेट्रिक टन मौज्दात रहेको कार्यालयले जनाएको छ । “एक हजार तीन सय ६९ मेट्रिक टन मल मौज्दात छ,” कार्यालय प्रमुख जोशीले  भने ।

कैलालीमा एक सय ९३ सहकारी मार्फत मल वितरण गरिँदै आएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप