बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतदान केन्द्रको तयारी पुरा (हेर्नुहोस् फोटो तथा भिडियो)

शनिबार, ३० वैशाख २०७४, १५ : ४१
शनिबार, ३० वैशाख २०७४

काठमाडौँ, वैशाख ३० – आईतबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्धारित मत केन्द्रहरुले आफ्नो तयारी पुरा गरेका छन् ।

स्थानीय तहमा तोकिएको हरेक मतकेन्द्रमा आवश्यक भौतिक संरचनाको निर्माण र व्यवस्थापनको कार्य सकिएको छ । मतदान स्थलतमा महिला, पुरुष, असक्त, वृद्धवृद्धाका लागि छुट्टा छुटुटै स्थान बनाइएको छ ।

त्यसैगरी निर्वाचन अधिृकृत, नाम रुजु गर्नेहरु, परिचय पत्र बाड्ने, तथा पर्यवेक्षक, पत्रकार र सुरक्षा निकायका लागि आ आफ्ना स्थान बनाईएको छ ।

स्थानिय स्तरमा प्राप्त भएका बाँस तथा फलाम प्रयोग गरि डोरी लगाएर मतदाताका लागि लाईनमा बस्ने व्यवस्था मिलाईएको छ । मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतहरुले मतदानका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।

मतदाता शिक्षाका लागि मतकेन्द्रहरुमा निर्वाचन आयोगबाट खटिएका स्वयमसेवकले परिचपत्र लिन आउने मतदातालाई पनि मत राख्ने तरिका सिकाईरहेका छन् ।

मतकेन्द्रमा खटिएका निर्वाचन अधिकृतले मतदाता परिचय पत्र बाड्ने कामलाई आज पनि निरन्तरता दिएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते अर्थात् भोली मतदान हुदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप