बज्रबाराहीको आमा टिष्टुङ बज्रबाराहीको जात्रा (फोटोफिचर)
शनिबार, ३० वैशाख २०७४, १६ : २१
विजु महर्जन
काठमाडौँ, वैशाख ३० – प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख पुर्णिमापछि बज्रबाराहीको जात्रा सुरु हुन्छ ।
यो जात्रा तीन दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन गाँउबाट देवताहरु ल्याएर टिष्टुङमा बज्रबाराही अवस्थित पिठमा राख्ने गरिन्छ ।
यसको भोलिपल्ट जात्राकै मुख्य दिन प्रत्येक गाँउ गाँउको घरघरबाट बलीसहित पूजा ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाँउबाट ल्याइएका देवताहरु तेस्रो दिन र्फकाइन्छ ।
उपत्यकालाई रक्षा गर्ने चार बाराही मध्ये एक ललितपुरस्थित बज्रबाराहीको मन्दिर ने.सं ७८६ मा निवास मल्लले बनाउन लगाएका हुन् ।
टिष्टुङमा बज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ अर्थात टिष्टुङमा बज्रबाराही सबैभन्दा पुरानो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण