तनावतिर चुनाव : सत्तारुढ दललाई एमाले सचिवको चेतावनी, ‘आफ्नो मतको रक्षा गर्न एमालेलाई थाहा छ’
काठमाडौँ, वैशाख ३० – स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्या चुनावी वातावरण तनावतर्फ अघि बढेको छ ।
मौनअवधिका बीच पत्रकार सम्मेलन गर्दै नेकपा एमालेले सत्तारुढ दल दमनमा उत्रेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी सचिव योगेश भट्टराईले प्रश्न गरे, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु, काँग्रेस माअोवादीका हातबाट चलेका बन्दुक लाइसेन्स छ कि छैन ? बन्दुक चलाउन पाइन्छ कि पाइदैन ?’
उनले निर्वाचन अघि सत्तारुढ दलबाट गुन्डागर्दी र अनैतिक काम भएको आरोप लगाउँदै यसबारे निर्वाचन आयोगलाई जानकारी गराएको बताए ।
उनले ज्यादती र दुरुपयोगबारे सबैको लिस्ट राखेको बताउँदै ऐन मौकामा हिसाब गर्ने चेतावनी दिए ।
‘आफ्नो मतको आफ्ना मतदाताको, उम्मेदवार रक्षा कसरी गर्नुपर्छ भन्ने एमालेलाई थाहा छ,’ उनले भने, ‘पूर्ण विश्वासका साथ, हिम्मतका साथ, एक एक गरेर सवै घटनाको सामना गर्नेर्छौँ ।’
उनले जनतालाई मतदानस्थलसम्म लैजाने जिकिर गरे ।
‘एमाले प्रतिपषमा बसेर धेरै पटक चुनाव लडेको छ,’ उनले भने, ‘धेरै जित निकालेको छ । राज्यबाट आतंक भएको छ । यो सत्तारुढ दलको पराजित मानसिकता हो ।’
आज बिहान मात्र राजधानीको कपनमा आचारसंहिता मिचेको आरोप लगाउँदै स्वास्थ्यमन्त्री गगन थापाको गाडीमाथि एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण