बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डको अपिल लगत्तै ओलीको आयो यस्तो विज्ञप्ति

शनिबार, ३० वैशाख २०७४, १७ : ०९
शनिबार, ३० वैशाख २०७४
काठमाडौं, वैशाख ३०– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपिल लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा शनिवार विज्ञप्ति जारी गर्दै ओलीले अझै पनि सरकारले निर्वाचनको सर्वमान्य सिद्धान्त र आचारसंहिताविपरीत निर्वाचनलाई प्रभावित गर्न राज्य कोषबाट जथाभावी रकमान्तर गर्ने, पदीय हैसियत र सरकारी साधन स्रोतको दुरुपयोग गर्ने काम नरोकिएको आरोप लगाएका छन् । एमालेका नेता कार्यकर्तालाई लक्षित गरी हिंसा र आक्रमणको घटनाहरु तीब्र पारिएको भन्दै ओलीले सरकारको ध्यानाकर्षण गराएका छन् । आफ्नो ध्यानाकर्षणका बाबजुद हिंसा र आक्रमणको घटना नरोकिनुले पार्टीलाई गम्भीर र चिन्तित तुल्याएको ओलीले विज्ञप्ति मार्फत जनाएका छन् । अनुचित दबाब र प्रभावबाट मुक्त रहन आग्रह एमाले अध्यक्ष ओलीले सरकार र सत्ताधारी दलहरुबाट अनुचित दबाब र प्रभाव हुन सक्ने भन्दै त्यसबाट मुक्त रहन विभिन्न निकायलाई आग्रह गरेका छन् । ‘सरकार र सत्ताधारी दलहरुको दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानूनले निर्धारण गरेको कर्तब्य निश्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवकहरु, सुरक्षा अंगहरु र राज्यका सबै निकायसँग आग्रह गर्दछौं ।’–ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनभन्दा बाहिर रहेका दललाई दोस्रो चरणमा सहभागी हुन अपिल एमाले अध्यक्ष ओलीले निर्वाचन प्रक्रियाबाट बाहिर रहेका राजनीतिक दलहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिन पनि आग्रह गरेका छन् । लोकतन्त्रमा आफ्ना मान्यताहरुको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै भएको उल्लेख गर्दै ओलीले विभिन्न असहमति राखेर निर्वाचन प्रक्रियाबाट बाहिर रहेका दलाहरुलाई दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ सहभागी हुन अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप