बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलि १४ घण्टा गाडी चलाउन नपाइने

शनिबार, ३० वैशाख २०७४, १७ : १३
शनिबार, ३० वैशाख २०७४

काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिएको जानकारी अनुसार भोलि निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ ।

विदेशबाट आएका पर्यटकहरुका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिने भएको छ ।

उनका अनुसार निर्वाचनका लागि गत वैशाख १ गतेदेखि आजसम्म काठमाडौँबाट बाहिर जाने यात्रुको सङ्ख्या २२ लाख ४४ हजार ४५९ पुगेको छ र काठमाडौँ भित्रिनेको सङ्ख्या २१ लाख ३८ हजार ९३८ रहेको छ । आज नेपाल बन्द भनीे हल्ला चले पनि काठमाडौँमा सवारी साधन सञ्चालनमा कुनै प्रभाव नपरेको र अहिलेसम्म कुनै घटना नभएको जानकारी पनि उनले जानकारी दिए ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप