मौन अवधिमा एमालेको पत्रकार सम्मेलन : ओलीले भने, ‘यसरी हुन्छ स्वतन्त्र निर्वाचन ?’
निर्वाचनको निष्पक्षतामा एमालेले उठायो प्रश्न
काठमाडौँ, वैशाख ३० – स्थानीय तहको पहिलो चरणको पूर्व सन्ध्या नेकपा एमालेले चुनवाको निष्पक्षतामाथि प्रश्न उठाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले निर्वाचनमा धाँधली गर्ने प्रयास भएको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘ निर्वाचन हुँदैछ भनेर हामी खुसी छौँ । तर, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बन्न नदिन प्रयास भएका छन् । ती प्रयास नगन्य, निर्लज्ज, सत्ताको दुरुपयोग गरी, भ्रष्ट तरिकाले भएका छन् । यो दुःखलाग्दो र चिन्ताको कुरा हो ।’
मंसिरमा नै गर्न सकिने स्थानीय तहको चुनाव वैशाखमा गरेर सरकारले धाँधलीका अनेकौँ प्रयास गरेको ओलीको आरोप थियो । ‘मंसिरमै स्थानीय तहको चुनाव गर्न सकिन्थ्यो । चैत्र बैशाखमा प्रादेशकि चुनाव गर्न सकिन्थ्यो । गलत नजरका कारण सकेसम्म नगर्ने र अन्तिम समयमा निर्वाचन गरियो । बैशाख ३१ पछि घोषणा गरेपछि धाँधलीका अनेक प्रयास गरिए । त्यसभित्र अनेक मनशाय छन् ।’
उनले दुई चराणमा निर्वाचन गर्नुमा पनि सरकारको स्वेच्छाचारी र गलत नियत रहेको बताए । उनले सरकारलाई दोस्रो चरणको निर्वाचनमा मुस्लिम समुदायको पर्व रहेको बताउँदै निर्वाचन सार्न आग्रह गरे पनि सरकारले त्यसलाई वेवास्ता गरेको आरोप लगाए ।
उनले सरकारले आचारसंहिता विपरित रकामान्तर गरेको, पीडितलाई पैसा वितरण गरेकोमा प्रश्न उठाए ।
बम पनि सरकारले पड्काएको ओलीको आशंका
‘काँग्रेस र माअोवादी देशलाई कता लैजान चाहन्छन् ? यसरी हुनछ स्वतन्त्र निर्वाचन ? यसरी हुन्छ, जनताको सावैधौम सत्ता ? समाजमा आतंक मच्चाउने ? यही हो उहाँहरुको प्रजातान्त्रिक संस्कार र प्रजातन्त्रका लागि गरेको योगदान ?, ओलीले प्रश्न गरे ।
उनले माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेको र मन्त्रीले पैसा बाँड्न हिँडेको आपत्ति जनाए ।
विभिन्न ठाउँमा बम विस्फोट गराउनमा पनि सरकारको हात रहेकोमा आशंका व्यक्त गरे, ‘मलाई आशंका छ । विस्फोटहरु कसले गराएको छ । जिल्ला लिने समूहमात्र हुन् कि जिम्मा नलिने पनि छन् । यसमा केही गर्न बाँकी राखिएको छैन ।’
भोलि पहिलो चरणको निर्वाचनमा सरकारले तमासा गर्ने पनि भविष्यवाणी गरे ।
‘सरकार तमासा गर्दैछ । धेरै ठाउँमा तोडफोड गर्दैछ । जित्ने गरी तोडफोड गर्दैछ । जित्ने गरी तोडफोड गर्दैछ । यस्तो निर्लज्ज हुन सरकार पाइदैन । यो खालको तमासा पंचायतमा पनि हुँदैनथ्यो,’ उनले भने ।
उनले सरकारलाई निष्पक्ष चुनाव गर्न अपिलसमेत गरे ।
प्रचण्डको अपिल लगत्तै ओलीको आयो यस्तो विज्ञप्ति
तनावतिर चुनाव : सत्तारुढ दललाई एमाले सचिवको चेतावनी, ‘आफ्नो मतको रक्षा गर्न एमालेलाई थाहा छ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण