चुनावको विरोधमा जनकपुरमा दुई घण्टा चक्काजाम हुने
शनिबार, ३० वैशाख २०७४, १७ : २४
काठमाडौं, वैशाख ३० – मधेसको समस्या समाधान नगरी वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको चुनावको विरोधमा जनकपुरका विभिन्न संघ संस्थाले दुईघण्टा चक्काजाम गर्ने घोषणा गरेको छ ।
जनकपुरमा क्रियाशिल विभिन्न पाँच संस्थाले शनिवार संयुक्त विज्ञप्ति जारी गरी देशको आधाभन्दा बढी जनताले चुनावको विरोधमा रहेको अवस्थामा सरकारले जवर्जस्ती चुनाव गराउन लागेको आरोप लगाएको छ ।
यद्यपी जेठ ४ गते सविधान संशोधन भयो भने चुनावमा सहयोग गर्ने प्रतिवद्धता समेत सो संस्थाहरुले जनाएको मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले जानकारी गराए ।
जनकपुरमा आइतबार १० वजेदेखि १२ वजेसम्म चक्काजाम गर्ने तथा चारवजे विरोधसभा गर्ने पाँच संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण