बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक मतदान केन्द्र पूरै महिलाको जिम्मामा

शनिबार, ३० वैशाख २०७४, १७ : ५३
शनिबार, ३० वैशाख २०७४
परासी, बैशाख ३०– नवलपरासीमा एक मतदान केन्द्र महिलाको जिम्मा लगाइएको छ । जिल्लाको कावासोती नगरपालिका २ स्थित शिव माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्र महिला टोलीलाई जिम्मा लगाइएको छ । निर्वाचन कार्यालयले महिला तथा बालबालिका कार्यालय नवलपरासीकी कार्यालय प्रमुख उर्वरा लुईँटेललाई मतदान अधिकृतको रुपमा खटाई उनीसँग ५ जना कर्मचारी पनि महिला नै खटाएको छ । त्यस बुथमा सुरक्षाकर्मी पनि महिला नै खटाइएको छ । एक जना महिला असईको नेतृत्वमा केन्द्रको सुरक्षार्थ १८ जना महिला सुरक्षाकर्मी खटाइएको कार्यालयले जनाएको छ । त्यस माविमा ३ वटा मतदान केन्द्र छन्, जसमा ‘ग’ मतदान केन्द्र महिला टोलीलाई सुम्पिएको छ । मुख्य निर्वाचन कार्यालयसँग जिल्लामा एउटा बुथ नमुना बुथको रुपमा प्रयोग गर्न महिलालाई जिम्मा दिन आफूले गरेको आग्रह स्वीकार गरिएको मतदान अधिकृत लुईँटेलले बताइन् । उक्त बुथमा अप्सरा सुबेदी सहायक मतदान अधिकृतसहित उर्मिला शर्मा, राधिका अर्याल, लक्ष्मी सापकोटा, यमकुमारी थापा खटिएका छन् । यो केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको लुइँटेलले बताइन् । उक्त केन्द्रमा दलहरुले प्रतिनिधि पनि महिला नै दिएका छन् । उक्त मतदानस्थलमा कुल २ हजार ८ सय ४७ मतदाता छन जसमा ग केन्द्रमा सय ४३ मतदाता रहेका छन् । पहिलो घेराको सुरक्षामा पुरै महिला शिव माविको मतदानस्थलमा आवश्यक पर्ने पहिलो घेराको सुरक्षामा सम्पूर्ण महिला सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रहरी सहायक निरीक्षक दिल कुमारी काफ्लेको नेतृत्वमा ५ जना नेपाल प्रहरी, ११ जना म्यादी प्रहरी यो केन्द्रमा परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप