चुनावमा सुरक्षाकर्मी कसरी परिचालन गरिएको छ ? गृहमन्त्रीले दिए हिसाव
शनिबार, ३० वैशाख २०७४, १८ : ००
बैशाख ३०, काठमाडौं– स्थानीय तहको निर्वाचन सुरक्षाका लागि ६२ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि स्थानीय तह निर्वाचन सुरक्षा योजना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरि ६२ हजार ९ सय १६ सुरक्षाकर्मी परिचालन गरिएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सनिबार पत्रकार सम्मेलन गरी निर्वाचन सुरक्षा प्रबन्ध मिलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागहरुलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको जानकारी दिए ।
नेपाल प्रहरीबाट प्रदेश नम्बर ३ मा १० हजार ३ सय ७६, प्रदेश नम्बर ४ मा ७ हजार ५४ र प्रदेश नम्बर ६ मा ५ हजार १ सय ४५ सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रही बलबाट प्रदेश नम्बर ३ मा ८ हजार ९ सय ३५, प्रदेश नम्बर ४ मा ३ हजार ९ सय ७३ र प्रदेश नम्बर ६ मा ४ हजार ४ सय ४८ जना परिचालित छन् । राष्ट्रिय अनुसन्धान विभागबाट प्रदेश नम्बर ३, ४ र ६ म क्रमशः १ सय ७५, १ सय १५ र ९३ जना परिचालन गरिएको छ । आईतबार हुन लागेको मतदानमा कुनै अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीबाट पैदल मार्ग, हवाई गस्ती र हाई प्वाईन्ट डिउटी समेतको सम्पुर्ण सुरक्षा व्यवस्था मिलाईएको छ ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पहिलो घेरामा नेपाल प्रहरी, दोश्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालित हुनेछन् । राष्ट्रिय अनुसन्धान विभागबाट खटिएकाहरुले सूचनाको संकलन गर्नेछन् । मतदान पश्चात मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा पुर्याउनका लागि सुरक्षाकर्मीबाट स्कर्टिङ गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण