बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतदानका लागि परिवारसहित चितवन झरे प्रचण्ड

शनिबार, ३० वैशाख २०७४, १८ : ११
शनिबार, ३० वैशाख २०७४
काठमाडौं, वैशाख ३०– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि अाइतबार हुने स्थानीय तहको मतदानका लागि आफ्ना सहयोगीहरुका साथमा चितवन पुगिसकेका छन् । भरतपुर महानगरपालिकामा हुने चुनावका लागि लंकुस्थित लक्ष्मी मावि मतदान केन्द्रमा गएर विहान ७ वजे सबभन्दा पहिले मतदान गर्ने प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी गराए । प्रधानमन्त्री प्रचण्ड शनिवार राती चितवनमा बसे पनि कुनै भेटघाट र छलफल नगर्ने बताइएको छ । चुनाव आचारसंहिताका कारण प्रधानमन्त्री प्रचण्डको शनिवार कसैसँग कुनै प्रकारको भेटघाट नराखिएको सल्लाहकार आचार्यले जानकारी गराए । भरतपुर महानगरपालिकाका लागि काँग्रेस र माओवादी केन्द्रबीच तालमेल रहेको छ । मेयरको उम्मेदवार माओवादी केन्द्रको रहेको छ भने उपमेयरमा काँग्रेसको रहेको छ । मेयरमा माओवादी केन्द्रबाट प्रचण्डपुत्री रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहले उम्मेदवारी दिएका छन् । काँग्रेस र माओवादीबीचको तालमेलपछि मेयरमा मनोनयन दर्ता गराएका दिनेश कोइरालाले अन्तिम समयमा उम्मदेवारी फिर्ता लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप