बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मताधिकारको सदुपयोग गर्न काँग्रेसका सभापति देउवाको अपिल

शनिबार, ३० वैशाख २०७४, १८ : १७
शनिबार, ३० वैशाख २०७४

काठमाडौँ, वैशाख ३० – नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवाले आफ्नो मताधिकारको सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

संविधानसभा मार्फत नेपाली नागरिक आफैंले लेखेको संविधानलाई पूर्णता दिने अभियान अन्तर्गत यो निर्वाचन भएको भन्दै सभापति देउवाले लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन अपिल गरेका हुन् ।

यस्तो छ अपिल:

आदरणीय दाजुभाइ दिदिबहिनीहरु, मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । २०७४ साल बैशाख ३१ गते संविधानको नयाँ व्यवस्था अनुरुप स्थानीय तहको पहिलो निर्वाचन हुदैछ । नागरिकको अधिकार नागरिककै तहमा पु¥याउने यो निर्वाचनको ऐतिहासिक महत्व छ । संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने यो पहिलो खुड्किला हो । तसर्थ यो निर्वाचनलाई आम नेपाली नागरिकले उल्लासमय पर्वका रुपमा लिएर शान्तिपूर्ण रुपमा सफल बनाउन हार्दिक आह्वान गर्दछु । साथै निर्भयका साथ मतदान गर्ने पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दछु । यो निर्वाचनलाई संविधानसभा मार्फत नेपाली नागरिक आफैंले लेखेको संविधानलाई पूर्णता दिने अभियानका रुपमा बुझ्नु आवश्यक छ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संघीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोशेढुंगा सावित हुने बिश्वास मैले गरेका छु । आम नेपाली नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने चाहना पूरा गर्न यो निर्वाचन सशक्त साधन पनि हो । स्थानीय तह विकासको आधारशीला हो । जनसहभागिता जति बढि हुन सक्छ, आमनागरिकमा उति नै धेरै अपनत्वको भावना जागृत हनेछ । यो निर्वाचनमा सहभागी हुन आम मतदाताले देखाउनु भएको उत्साह र उमंगले लोकतन्त्रको भविष्यलाई थप सुदृढ बनाउन सघाएको छ । तसर्थ यस निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न र लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन म आम नेपाली दाजुभाइ दिदिबहिनीलाई हार्दिक अपील गर्दछु । जय नेपाल । २०७४ बैशाख ३०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप