बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिरबाट लडेर एकजनाको मृत्युु

शनिबार, ३० वैशाख २०७४, १८ : २४
शनिबार, ३० वैशाख २०७४

सन्धिखर्क, ३० वैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । अडगुरी निवासी दलकुमारी मर्साइको आज बिहान घुम्टी नजिकैको जङ्गलमा बिसाइराखेको सल्लीपुरालको भारी बोकी घर जाने क्रममा रिङ्गटा लागि भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । शवलाई घटनास्थलमा मुचुल्का उठाई परीक्षणका लागि जिल्ला अस्पताल, अर्घाखाँची पठाइएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप