बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन विशेष अपडेट हाम्रो पात्रोमा

शनिबार, ३० वैशाख २०७४, १८ : २९
शनिबार, ३० वैशाख २०७४

काठमाडौं, ३० वैशाख – नेपालको चर्चित मोबाइल एप हाम्रो पात्रोले स्थानीय निर्वाचन विशेष अपडेट लिएर आएको छ । स्थानीय निर्वाचनको ताजा अपडेट सर्वसाधारणले सजिलै मोबाइलमै पाओस् भन्ने उद्देश्यका साथ ‘हाम्रो पात्रो’ले नयाँ अपडेट ल्याएको बताएको छ ।

अफ्नो क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्ने हाम्रो पात्रोले जनाएको छ ।

यसका लागि स्मार्टफोनमा अटोमेटिक अपडेट हुने र यदी त्यसो नभए अपडेट गरेर यसका प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन् ।

निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्नुहुने हाम्रो पात्रोले जनाएको ।

निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप(महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप(मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी उपलब्ध गराउने बताइएको छ।

यसका अलावा जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण साथै मतदानको अन्तिम नतिजाका कुनै पनि पेजलार्इ आफूलार्इ मनपरेका सामाजिक सञ्जालहरूमा तत्काल सम्प्रेषण गर्न मिल्ने किसिमले तयार पारीएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप