बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेनाले निश्क्रिय पारेको ‘बम’ भित्र ढुङ्गा, गिट्टी, बालुवा !

शनिबार, ३० वैशाख २०७४, १८ : ३८
शनिबार, ३० वैशाख २०७४
चितवन, वैशाख ३०– निर्वाचनको एक दिनअघि देशका विभिन्न ठाउँमा शंकास्पद बस्तुहरु भेटिएका छन् । निर्वाचनका बेला मतदातालाई आतंकित तुल्याउन विभिन्न ठाउँमा शंकास्पद वस्तुहरु राखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली दिनरात त्यस्ता बस्तु हटाउन सक्रिय छ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित मेहेदी टायर पसल अगाडि शनिवार त्यस्तै खालको शंकास्पद बस्तु भेटियो । स्थानीयले बम रहेको आशंकामा प्रहरीलाई खबर गरे । प्रहरीले नेपाली सेनासँग समन्वय गरी घटनास्थल पुग्यो । रङको बट्टामा प्लास्टिकले बेरेको तथा कालो टेप लगाई तार देखिएको अवस्थामा शंकास्पद बस्तु रहेको थियो । सुरक्षाकर्मीले निकै तयारीका साथ उक्त बस्तु निश्क्रिय पार्न तयारी पोजिशनमा देखियो । उक्त वस्तु डिस्पोज गर्ने क्रममा उक्त बट्टाभित्र ढुङ्गा, गिट्टी, बालुवा र तार हाली त्रसित मात्र पार्न खोजिएको भेटियो । नक्कली हक्स बम राखेर त्रसित पार्न खोजिएको प्रहरीले जनाएको छ । चितवन मात्र नभई शनिबार विहान चितवन लगायत धादिङ, स्याङजा, कास्की लगायत विभिन्न ठाउँमा भेटिएका शंकास्पद वस्तु प्रहरीले हटाएको छ । स्याङजाको पुतलीबजार नगरपालिका–४ हरिपालस्थित सिद्धार्थ राजमार्गमा शनिबार फेला परेको विस्फोटक पदार्थ सकेट बम प्रहरी टोली खाटिएर नेपाली सेनासँग समन्वय गरी डिस्पोज गरिएको प्रहरीले जनाएको छ । यस्तै, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–८ स्थित सभागृह चोकमा कालो झोलामा तार बाहिर निस्किएको अवस्थामा शनिबार फेला परेको विस्फोटक पदार्थ तत्काल प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी डिष्पोज गरिएको प्रहरी बुलेटिनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप