पाकिस्तानको बालोचिन्तानमा १० कामदार मारिए
ईश्लामाबाद, ३० वैशाख । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बालोचिन्तान प्रदेशको ग्वादरीमा शनिबार भएको गोली प्राहारको घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
निर्माणकार्य गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको स्थानीय अधिकारी र संबादतादाले जनाएका छन् ।
बालोचिस्तान प्रदेशका गृह मन्त्री सार्फाज बुग्तीले सडक निर्माणकार्य भइरहेको ठाउँमा काम गरिरहेका बेला कामदार माथि आक्रमण भएको र उनीहरुको मृत्यु भएको पुष्टी गरे। सिश्गान र गान्थ सडकको क्षेत्रमा घटना भएको हो ।
घटनाका पीडितमध्ये सबै जना सिन्ध प्रदेशको छिमेकी जिल्ला नाउसेरो फेरोजका भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
मृतकको शव र घाइतेलाई नजिकैको अस्पतालमा राखिएको छ । आक्रमणकारीले उनीहरुलाई टाउकोमा गोली प्राहार गरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कुनै पनि समुहले जिम्मेबारी लिएका छैनन् । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण