बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिल्लाको सुरक्षा भारतीय सीमाको एउटै गाउँमा केन्द्रित, नाकामा ‘सिज’

शनिबार, ३० वैशाख २०७४, १९ : ०७
शनिबार, ३० वैशाख २०७४
नवलपरासी, बैशाख ३०– स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार परासी क्षेत्रमा एउटा मात्रै गाउँमा निर्वाचन हुँदैछ । प्रदेश नम्बर ५ मा रहेको त्रिवेणीलाई प्रदेश नम्बर ४ को विनयी गाउँपालिकामा गाभिएपछि नवलपरासीको डाँडापारी भनेर चिनिने त्रिवेणीमा पहिलो चरणमा नै निर्वाचन हुन लागेको हो । परासी क्षेत्रको त्रिवेणीलाई प्रदेश नम्बर ४ मा गाभिएपछि हुन लागेको पहिलो चरणको निर्वाचनमा जिल्लाभरीकै सुरक्षा केन्द्रित गरिएको छ । भारतको सीमावर्ती गाउँ समेत रहेका त्रिवेणीमा विशेष सुरक्षा तयार गरी सीमा नाकासमेत सिज गरिएको छ । महेसपुर, भुजहवा, झुल्नीपुर लगायतका नाकाहरु शनिवार साँझ ६ बजेदेखि सिज गरिएको छ । प्रहरीले नेपाल–भारत आवतजातमा रोक लगाई सिमामा कडा निगरानी गरेको छ । प्रदेश नंं ४ मा पर्ने नवलपरासीको नवलपुर क्षेत्रमा ८ वटा स्थानीय तह छन् । जसमध्येको त्रिवेणीलाई विनयीमा गाभेर विनयी त्रिवेणी गाउँपालिका बनाइएको छ । यसबाहेक नवलपुर क्षेत्रका गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु गरी ४ वटा नगरपालिका तथा बुलिङटार, बुंग्दीकाली, हुप्सेकोट, गाउँपालिका छन् । आइतबार मतदान हुन लागेको यस क्षेत्रमा १ सय १२ वटा मतदानस्थल छन् भने २ सय २८ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको छ । यस क्षेत्रमा कुल १ लाख ८१ हजार, ९ सय ९९ जना मतदाता संख्या रहेका छन् । निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासनले जिल्लामा ८ सय नेपाल प्रहरी ८ सय, ५ सय सशस्त्र प्रहरी, ४ सय ७५ नेपाली सेना र ९ सय म्यादी प्रहरी गरी २ हजार ६ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप