दोलखाको मानेडाँडामा विष्फोट
शनिबार, ३० वैशाख २०७४, १९ : २०
काठमाडौं, वैशाख ३०– दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित मानेडाँडामा विष्फोटको आवाज सुनिएको छ ।
नेपाली कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताबीच शनिवार दिउँसो मानेडाँडामा झडप हुन लागेको र सोही क्रममा विष्फोटको आवाज सुनिएको दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
‘विष्फोटको आवाज घातक हतियारको हो या हैन भन्ने पुष्टि भएको छैन’, प्रजिअ बोहराले भने, ‘केही पड्केको आवाज सुनिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
मानेडाँडामा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ता एकातिर र अर्कोतिर एमाले कार्यकर्ता भएर झड्प हुन लागेको तर प्रहरी पुगेपछि झड्प रोकिएको प्रजिअ बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण