गृहमन्त्रीले भने– हवाइगस्तीको समेत प्रबन्ध छ, ढुक्क भएर भोट हाल्नुस्
शनिबार, ३० वैशाख २०७४, १९ : ५४
काठमाडौँ, वैशाख ३०– उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा ढुक्क भएर मत दिन आग्रह गरेका छन् ।
शनिवार गृहमन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरी गृहमन्त्री निधिले स्थलदेखि हवाइ गस्तीको समेत प्रबन्ध मिलाइएको भन्दै मतदाताहरुलाई ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरे । सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उनले बताए ।
निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी २२ हजार ५७५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २२ हजार ६०२ जना खटाइनुका साथै थप पाँच हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको उनले बताए । निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी २२ हजार ५७५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २२ हजार ६०२ जना खटाइनुका साथै थप पाँच हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उनले बताए । मत खसाल्ने काम सम्पन्न भएपश्चात् मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा ल्याउनका लागि सुरक्षाकर्मीबाट ‘स्कटिङ’को प्रबन्ध मिलाइएको पनि मन्त्री निधिले जानकारी दिए । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नका निमित्त केन्द्रीय तहमा ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना २०७३/७४’ तयार गरी सो अनुसारको स्थानीय तहमा वास्तविकता समेतलाई विश्लेषण गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण