बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसको आह्वानः भोट नदिनेलाई पनि सुरक्षा दिन्छौं, ढुक्क भएर मतदान गर्नुस्

शनिबार, ३० वैशाख २०७४, २० : २८
शनिबार, ३० वैशाख २०७४
काठमाडौं, बैशाख ३०– नेपाली काँग्रेसले आइतबार हुने मतदानमा आफूलाई मत नहाल्नेको पनि सुरक्षा गर्ने भन्दै ढुक्क भएर मतदान गर्न सवै मतदातालाई आह्वान गरेको छ । काँग्रेसको प्रचारप्रसार उपसमितिद्धारा आयोजित पत्रकार सम्मेलन गरी कांग्रेसले ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह गरेको हो । पत्रकार सम्मेलनमा उपसमितिका सहसंयोजक गगनकुमार थापाले मतदान गर्ने अधिकारको पुर्ण सदुपयोग गर्न पनि आह्वान गरे । कसैबाट पनि प्रभावित नभइ मतदान गर्न र कुनै पनि पार्टीका साथीहरुलाई संयमता नगुमाउन समेत उनले आग्रह गरे । मन्त्री थापाले आचारसंहिता उलंघन गरेर भोट माग्दै हिडेँको कुरा अस्वीकार गरे । थापाले बाणिज्य मन्त्री रोमी गौचनले र आफुले आचारसंहिता उलंघन गरेको आरोप पूर्णतः आधारहिन भएको दाबी गरे । निर्वाचन आयोगको निर्णयअनुसार तोकिएको समयमा मन्त्रीहरुले तोकिए बमोजिमको मात्रै काम गरेको र अहिले पनि सोही अनुसारका मात्रै गतिविधिहरु गरिरहेको उनले दाबी गरे । मन्त्री थापाले मौन अवधिमा मन्त्रीहरुले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरु जस्तै जस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएकोकाले बन्द कोठामा भेटघाट र छलफलहरु गरेको बताए । मन्त्री थापाले आचारसंहिताविपरित प्रचारमा लागेको भन्दै कपनमा शनिवार विहान स्थानीयले लखेटेका थिए । तर थापाले भने आफुहरु विरुद्ध गरेको दुश्प्रचारले प्रचार गर्नेहरुलाई नै आघात पुर्याएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप