बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्याक्टर पल्टिएर चालकको घटनास्थलमै मृत्यु

शनिबार, ३० वैशाख २०७४, २० : ४६
शनिबार, ३० वैशाख २०७४
सीताराम चौधरी चन्द्रौटा (कपिलवस्तु), बैशाख ३०– कपिलवस्तुमा लु ३ त ३२२३ नम्बरको टेक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको लक्ष्मणपुरबाट कोटवातर्फ जाँदै गर्दा कच्ची सडकमा अनियन्त्रित भई घोलोमा पल्टिँदा ट्याक्टर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवराज नगरपालिका ८, कोटवाका ३२ वर्षे रामविलास यादव रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । ट्याक्टर पल्टिँदा ट्याक्टरले च्यापेर चालक यादवको मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताए । दुर्घटनाको खबर पाए लगत्तै घटनास्थल पुगेको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले ट्याक्टर पल्टाएर मृतकको शवलाई बाहिर निकालेका थिए । मृतकको शव शिवराज अस्पताल बहादुरगञ्जमा पोष्टमार्टमपछि शनिवार परिवारको जिम्मा लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप