लाक्पा शेर्पा आठौं पटक सगरमाथाको चुचुरोमा
शनिबार, ३० वैशाख २०७४, २१ : ००
काठमाडौं, वैशाख ३०– विश्व कीर्तिमानी लाक्पा शेर्पाले आठौं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । शेर्पाले विश्वकै सर्वोच्च शिखरमा धेरै पटक पुग्ने आफ्नै विश्व कीर्तिमान ‘तोडेकी’ छिन्।
४४ वर्षीया शेर्पाले शनिबार बिहान तिब्बतपट्टिको मोहडाबाट सगरमाथामा पाइला टेकेकी हुन् । उनी शनिवार बिहान ६ बजेर ३५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।
सन् २००० मा उनले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
तीन सन्तानकी आमा लाक्पा शेर्पा हाल अमेरिकामा बस्दै आएकी छिन् । अमेरिकामा बस्दै आएका रोमानियाली एक पर्वतारोहीसँग विवाह भएपछि लाक्पा अमेरिकामा बस्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण