बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाकालीमा तीन किशोर बेपत्ता

शनिबार, ३० वैशाख २०७४, २१ : ०८
शनिबार, ३० वैशाख २०७४
भीमदत्तनगर, वैशाख ३०– महाकाली नदीमा बगेर शनिवार तीन किशोर बेपत्ता भएका छन् । महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टीकै १५ वर्षीय राहुल उपाध्याय बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक बिरादत्त पन्तले जानकारी दिए । तीनैजना दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फबाट नदीमा बगेर बेपत्ता भएका थिए । उनीहरुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । (रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप