देउवा र थापाको छुट्टाछुट्टै विज्ञप्तिः विवेक प्रयोग गर्न आह्वान
शनिबार, ३० वैशाख २०७४, २१ : २४
काठमाडौं, वैशाख ३०– स्थानीय तहको मतदान हुनु एक दिनअघि प्रमुख राजनीतिक दलका नेताहरुले विज्ञप्ति जारी गरी निर्वाचन सफल बनाउन आह्वान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार विज्ञप्ति जारी गर्दै निर्वाचनमा भाग लिन आम नागरिकलाई अपिल गरे लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि विज्ञप्ति जारी गरी निर्वाचनमा भाग लिन आम नागरिकलाई अपिल गरेका थिए ।
यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि शनिवार विज्ञप्ति जारी गर्दै आइतबार हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गरेका छन् ।
मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको अवस्थामा हुन गइरहेको निर्वाचनको नागरिकको अधिकार नागरिककै तहमा पु¥याउन ऐतिहासिक महत्व रहेको उनले उल्लेख गरेका छन् ।
स्थानीय तहको निर्वाचन संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने पहिलो खुड्किला भएको जनाउँदै उनले ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्न आह्वान गरेका छन् ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सङ्घीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै देउवाले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताजस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोसेढुङ्गा सावित हुने विश्वास ब्यक्त गरेका छन् ।
यस्तै, ब्यवस्थापिका संसदको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि शनिवार विज्ञप्ति जारी गरी निर्वाचन सफल बनाउन आह्वान गरेका छन् ।
पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रविन्दुमा राखी विवेकपूर्ण ढङ्गले मताधिकारको प्रयोग गर्नुहुन उनले आम नागरिकलाई आग्रह गरेका छन् ।
थापाले स्थानीय चुनाव सङ्कट समाधानको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो बन्ने र यसले संविधान कार्यान्वयनलाई अग्रगति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण