बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हैदरावाद आईपीएल क्रिकेटको प्ले अफमा

शनिबार, ३० वैशाख २०७४, २१ : ४०
शनिबार, ३० वैशाख २०७४
काठमाडौं, वैशाख ३०– गुजरात लायन्सलाई हराउँदै सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । गुजरात लायन्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्ले अफमा पुगेको हो । गुजरातले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा भेट्टाएको हो । हैदराबादका लागि डेबिड वार्नरले ५२ बलमा नटआउट ६९ रन, विजय शंकरले ४४ बलमा नटआउट ६३ रन बनाए भने शिखर धावनले ११ बलमा १८ रनको योगदान गरे । गुजरातका प्रविण कुमारले दुई विकेट लिएका थिए । जितसँगै हैदराबाद १४ खेलबाट १७ अंकका साथ प्ले अफमा पुगेको हो भने १३ खेल खेलेको मुम्बईको १८ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स र राइजिङ पुने सुपरजाइन्टको समान १३ खेलमा १६ अंकका साथ क्रमशः तेस्रो र चौंथो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप