बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्र्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

आइतबार, ३१ वैशाख २०७४, ०५ : ५७
आइतबार, ३१ वैशाख २०७४
चितवन, ३० वैशाख - चितवनको भरतपुरमा ट्र्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ । शनिबार साँझ ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा ना ४ त ७०४६ नंको ट्र्याक्टरले किचेर ७१ वर्षका स्थानीय लक्ष्मण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । रातिको समयमा घर अगाडि सुतिरहेका बेला ट्र्याक्टर ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक भने सम्पर्कमा नरहेको र खोजी भइरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । यता पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप