बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहान ५ बजे भोट हाल्न पुगे निलकण्ठका वृद्धवृद्धा

आइतबार, ३१ वैशाख २०७४, ०६ : ३५
आइतबार, ३१ वैशाख २०७४
धादिङ - २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्न आम नागरिक उत्साहित बनेका छन् । आज प्रदेश नम्बर ३,४ र ६ का २ सय ८३ स्थानीय तहको लागि निर्वाचन हुँदैछ । धादिङको निलकण्ठ - ५ फ्याक्सेमा सबेरै पाँच बजेदेखि स्थनीय वृद्धवृद्धा मतदान गर्नको लागि लाइन बसेका छन् ।  पञ्चकन्या मतदान केन्द्रमा आफ्नो विशेष मताधिकार उपयोग गर्न उनीहरु बिहानै मतदान केन्द्रमा आइपुगेका हुन् । आज बिहान ७ बजेदेखि ५ बजेसम्म तीन प्रदेशमा गरी ६ हजार ६ सय ४२ मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप