सुरु भयो मतदान : सडक सुनसान
आइतबार, ३१ वैशाख २०७४, ०७ : ०७
काठमाडौं - स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत मतदान कार्य सुरु भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
आज बिहानैबाट राजधानीका सडक सुनसान । एम्बुलेन्स, सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन
सञ्चालनमा छन् ।
स्थानीय तह निर्वाचनको मतदानको दिन आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् ।
ट्राफिक प्रहरी महाशाखाकाको अनुसार अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ ।
विदेशबाट आएका पर्यटकहरुका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण