बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काभ्रेको नमोबुद्धमा गोली प्रहारबाट एकको मृत्यु

आइतबार, ३१ वैशाख २०७४, ०७ : ३२
आइतबार, ३१ वैशाख २०७४

वैशाख ३१,  काभ्रे - निर्वाचनको अघिल्लो रात काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ ।

हिजो (शनिबार) राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् ।

नेकपा माओवादी केन्द्र नमोबुद्वका सहइन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् ।

प्रहरीले भने कसले गोली चलाएको यकिन नभएको र अनुसन्धान भइरहेको बताएको छ । आइतबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत घटनास्थल पुगेर घटनाको अध्ययन गर्ने प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप