होमिए उत्साहका साथ निर्वाचनमा मतदाता
आइतबार, ३१ वैशाख २०७४, ०८ : २६
रत्ननगर चितवन - झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ ।
लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित थिए । आज बिहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आइपुगे मतदाता ।
बिहान ४ बजेदेखि नै मतदाताहरु लाइनमा बसे । भरतपुरकी सुमित्रा श्रेष्ठ नारायणी माविको मतदान केन्द्रमा उत्साह बोकेर लाइनको अगाडि बस्नुभएको छ । “पहिला ३ बजे आ’थेँ, यसपालि ४ बजे, उहाँले भन्नुभयो ।”
अर्का मतदाता बाबुराम श्रेष्ठ पनि बिहान ४ बजेदेखि लाइनमै हुनुहुन्छ । “धेरै वर्षपछि आएको चुनाव भोट त हाल्नै प¥यो नि, श्रेष्ठले भन्नुभयो – म धेरै खुसी छु, अब विकास गर्ने नेता छानेर भोट हाल्छु ।”
उहाँहरुजस्तै यहाँ भोट हाल्ने मतदाताको लाइन लामो भइसकेको छ । यो ऐतिहासिक अवसर गुमाउन चाहँदैनन् भन्ने कुरा आज चितवनको भरतपुरस्थित नारायणी नमुना उच्च माविको मतदान केन्द्रमा भोटहाल्न सहभागी भएका मतदाताबाट देखिन्थ्यो ।
केटाकेटीहरु रमाइलो हेर्न आएका थिए भने युवा, प्रौढ र वृद्धवृद्धाको राम्रै सहभागिता भयो ।
विगतमा स्थानीय निकायको निर्वाचन हुँदा भर्खर जन्मिएकाहरु पहिलो मतदातामात्रै भएका छैनन् पहिलो उम्मेदवार हुने मौकासमेत पाएका छन् ।
दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको निर्वाचन इतिहासकै पहिलो हो ।
मुख्यगरी लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकासका कामले फड्को मार्न नसकेको तर्क मतदाताहरुको छ ।
अहिलेको निर्वाचनले जनप्रतिनिधिहरु छानिने र उनीहरुमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास रहेको एकजना मतदाता प्रकाश भट्टराई बताउनुहुन्छ ।
पाँचवटा मतदान केन्द्र रहेको नारायणी उच्च मावि मतदानस्थलमा सबै तयारी पूरा भएकाले निर्धारित समयमै मतदान सुरु हुने मतदान अधिकृत कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण